नेपाल विद्यार्थी संघ वालिङद्वारा मन्दिर सरसफाई

0
128

नेपाल विद्यार्थी संघ वालिङ नगर समिती को अायोजना मा छाङ्छाङ्दी मन्दिर परिसर मा सरसफाइ गरेको छ। श्रावण महिना को दोस्रो सोमबार पारेर नेविसंघ जिल्ला सदस्य कमल कुवर को संयोजकत्व मा सरसफाई गरिएको छ। कार्यक्रममा छाङ्छाङ्दी मन्दिर व्यवस्थापन समिती का अध्यक्ष एवं नेपाली कांग्रेस पुर्व जिल्ला कोषाध्यक्ष पिताम्वर श्रेष्ठले समाज मा सामाजिक भावना को खडेरी परिहरहेको अवस्थामा नेविसंघ ले गरेको कामले समाज मा सकारात्मक सन्देश जाने विस्वास व्यक्त गरेका छन।

नेपाल शिक्षक सघ क्षेत्र नं २ का अध्यक्ष डण्डुपानी पंगेनिले धार्मिक संघ सस्था को संरक्षण र संवर्धन मा यस्ता कलिला युवा विद्यार्थी ले चासो देखाउनु रचनात्मक भएको भन्दै सरकार ले देशमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक स्थल को विकास र प्रवर्धन मा ध्यान दिन आग्रह गरे । संयोजक कमल कुवर ले कार्यक्रम को बारेमा जानकारी गराएका थिए । जिल्ला कोषाध्यक्ष धुर्व पंगेनिको स्वागत सगै सुरु भएकाे कार्यक्रममा सन्देश लम्सालले धन्यबाद व्यक्त गरेका थिए भने सचिव जनक लामिछाने को सन्चालन र नगर अध्यक्ष दिक्षान्त प्रताप खाण को सभापतित्व मा कार्यक्रम सम्पन्न भएको थियो । सरसफाई कार्यक्रम मा करिब ७५ जना युवा विद्यार्थी को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस