डीएलए अधिवेशनबाट अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी विजयी

0
33

नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् ।आइतवार सम्पन्न भएको निर्वाचन पछि रातीबाटै शुरु भएको मतगणना सोमबार बिहान सम्पन्न भएको थियो।अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाए पनि अन्तिममा अधिकारी,केसी र श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका थिए।

डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका केसी र अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहेका अधिकारी प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो। अधिकारीले रामचन्द्र पौडेल समूहका सिताराम केसी र शेरबहादुर देउवा समूहका रामकुमार श्रेष्ठलाई पराजित गरे । अधिकारीले ४३१ मत ल्याउँदा केसीको पक्षमा ३३४ मत आयो । यस्तै अर्का उम्मेदवार श्रेष्ठले ४२ मत ल्याए । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् । डीएलए प्रदेश संरचनामा जाने कांग्रेसको पहिलो भातृ संगठन बनेको छ ।

प्रतिक्रिया दिनुहोस