बालिका हत्याको सर्वत्र विरोध

0
30

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याको सर्वत्र विरोध एवं भत्र्सना गरिएको छ । भीमदत्त नगरपालिका २ उल्टाखाम महुलिया घर भएकी निर्मला बिहीबार दिउँसो साथीको घरमा विद्यालयको गहृकार्य गरेर घर फर्किरहेकी बालिकाको हत्या भएको थियो । हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै भीमदत्त नगरपालिका, विभिन्न विद्यार्थी संगठन र आम नागरिकले भत्र्सना गरेका छन् ।

प्रदेश नं ७ मा बालिका विद्यार्थी हत्या जघन्य अपराध भएको भन्दै एकपछि अर्को हत्याका घटना भइरहेको प्रति चिन्तासमेत व्यक्त गरिएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले घटना दुखद भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरे । घटनापछि आक्रोसित स्थानीयवासीले शुक्रबार साँझ महेन्द्रनगर बजारमा प्रदर्शन गर्नुका साथै बजार बन्दसमेत गरेका थिए । सुरक्षाको माग गर्दै बजारमा प्रदर्शन गरिरहेका स्थानीयवासीमाथि प्रहरीले २२ राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो ।

‘भीमदत्त नागरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भने–“हामी घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।” बालिकाको शव परीक्षणपछि परिवारको जिम्मा लगाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर सेठीले बालिका हत्या काण्डको अनुसन्धान भइरहेको जानकारी दिए भने घटनामा संलग्नताको आशंकामा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस