सामाजिक कार्यमा अग्रसर हुँदै रजनी चेतना नेपाल फाउन्डेसन

0
22

स्थापना भएको छोटो समयमै राजनी सचेतना नेपाल फाउन्डेसनले सामाजिक कार्य बाट समाज सेवामा आफ्नो उपस्थिती जनाउन थालएको छ । आज राजाधानीको टोखा नगरपालिकाको वडा नम्बर ८ धापासिमा निम्न बर्गिय तथा जेहन्दार बिद्यार्थीलाई छात्रविर्ती प्रदान गरेको छ। फाउन्डेसनका सम्रक्षक लीला बहादुर थापाको प्रमुख उपस्थितीमा तिर्लिङ्टार माबी मा अध्ययनरत बिद्यार्थीहरुलाई नगद पाच पाच हजार नगद प्रदान गरिएको थियो । कार्यक्रममा निशुल्क दन्त प्रशिक्षण समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी थापाले सस्थाले सामाजिक कार्य गर्दै सामाजिक रुपान्तरण गरी शान्त र सुखी समाज निर्माणमा योगदान पुर्याउने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि शभा सदस्य भिमसेन दास प्रधानले मन्तव्यमा रजनी सचेतना नेपाल फाउन्डेसनले छोटो समयमा सामाजिक क्षेत्रमा गरेको कार्य उल्लेखनीय रहेको जिकिर गर्दै फाउन्डेसनले नेपाली समाजमा गरेको योगदानको प्रसंशा गर्नु भयो।

रजनी सचेतना नेपाल फाउन्डेसनको सिपमुलक नेपाली समाज निर्माण र सामाजिक रुपान्तरणको उद्देश्य प्राप्तिमा आफ्नो पूर्ण सहयोग रहेको कुरा उद्दृत गर्दै आउने निकट भबिस्यमा रजनी सचेतना नेपाल फाउन्डेसनले अझ महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गर्ने कुरामा आफू आशावादी रहेको कुरा उल्लेख गर्नु भयो।

सस्थाका अध्यक्ष रजनी थापाले आफ्नो जीवनको उदेश्य भनेकोनै समाजको सेवा रहेको बताउदै बिकाशित र रुपान्तरित समाज निर्माण यस सस्थाको प्रमुख लक्ष रहेको बताउनु भयो । सेवानै धर्म हो भन्दा साधारण लाग्न सक्छ तर त्यो वाक्यलाई ब्यावहारमा उतार्नु सार्है गार्हो हुन्छ । किन्तु जतिनै गार्हो किन नहोस, जतिनै त्याग गर्न किन नपरोस् आफ्नो जीवनको हरेक पल समाज सेवा मार्फत दु:खी तथा निमुकाको सेवा र सहयोगमा तत्पर रहने सस्थाका अध्यक्ष रजनी थापाले बताउनु भयो ।

पच्चिस बर्षको उमेरमै टोखा नगरपालिकाको उपमेयरमा नेपाली काङ्रेसको तर्फबाट प्रतिस्पर्धामा उत्रिएकी थापा कलिलो उमेरमै सामाजिक सेवालाई आफ्नो मुल लक्ष बनाएर हरपल लाग्नु भएको छ। टोखा नगरपालिकाका महत्वपूर्ण ब्यक्तित्वहरु तथा सर्वसाधारणको ब्यापक उपस्थितिमा ब्यक्तित्व बिकास तालिममा सहभागी महिला दिदी बहिनीलाई प्रमाण पत्रसमेत प्रधान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस