काठमाडौंबाट स्याङ्जा लागि हिँडेको बस त्रिशूलीमा खस्यो ५ जनाको मृत्यु

0
125

काठमाडौंबाट स्याङ्जाको वालिङका लागि हिँडेको  बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको हो। मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

यात्रु सवार बस मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा खसेको हो। अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस