छात्राबारे जे पायो त्यही बोल्ने प्रसाईंको मुख नेविसंघले सिलाउन नपरोस् : थपलिया

0
46

नेपाल विद्यार्थी संघले बंगलादेशमा अध्ययनरत छात्राहरुबारे जे पायो त्यही अभिव्यक्ति दिने दुर्गा प्रसाईंमाथी कारवाहीको माग गरेको छ । संघकी उपाध्यक्ष उर्मिला थपलियाले विज्ञप्ति जारी गर्दै प्साईंमाथी कारवाही माग गरेकी हुन् । प्रसाईंले केही दिन अघि बंगलादेशका छात्राहरुमाथी त्यहाँ यौन शोषण हुने गरेका अभिव्यक्ति दिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

उपाध्यक्ष थपलियाले छात्राहरुको भावनामा चोट पुग्ने गरि अभिव्यक्ति दिनेमाथी कडा कारवाहीको माग गरेकी छन् । ‘बंगलादेशमा अध्ययनरत हाम्रा नेपाली छात्रामाथी विना आधार मनगणन्ते र भ्रामक लान्छनायुक्त अभिव्यक्ति दिने प्साइलाई तत्काल कारवाही गर्न माग गर्दछौं । अन्यथा नेपाल विद्यार्थी संघ यस्ता सामान्य मर्यादा समेत भुलेर दिइने अराजक अभिव्यक्तिका विरुद्ध कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौं ,’ उपाध्यक्ष थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ नारीहरुको इज्जतमाथी लान्छित गर्ने अभिव्यक्तिको अभियोगमा प्रसाईलाई कारवाही नगरिए बंगलादेशबाट छात्राहरुले भनेजस्तै सरकारले सक्दैन भने नेपालका हजारौं छात्राहरुले अनियन्त्रित त्यस्ता मुखहरु सिउन बाध्य हुने अवस्था निर्माण नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछौं । ’

यस्तो छ  विज्ञप्ति 
बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुका बारेमा बी एण्ड सी अस्पतालका सन्चालक दुर्गा प्रसाईंले दिएको तल्लो स्तरको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यााकर्षण भएको छ । बंगलादेशमा अध्ययनरत छात्राहरुको मानमर्दन गर्ने र उनीहरुका आफन्त परिवारलाई चोट पुग्ने गरि दिइएको अभिव्यक्तिको घोर भत्र्सना गर्दछौं ।

बंगलादेशमा अध्ययनरत हाम्रा नेपाली छात्रामाथी विना आधार मनगणन्ते र भ्रामक लान्छनायुक्त अभिव्यक्ति दिने प्रसाईंलाई तत्काल कारवाही गर्न माग गर्दछौं । अन्यथा नेपाल विद्यार्थी संघ यस्ता सामान्य मर्यादा समेत भुलेर दिइने अराजक अभिव्यक्तिका विरुद्ध कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौं । नारीहरुको इज्जतमाथी लान्छित गर्ने अभिव्यक्तिको अभियोगमा प्रसाईलाई कारवाही नगरिए बंगलादेशबाट छात्राहरुले भनेजस्तै सरकारले सक्दैन भने नेपालका हजारौं छात्राहरुले अनियन्त्रित त्यस्ता मुखहरु सिउन बाध्य हुने अवस्था निर्माण नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछौं ।

उर्मिला थपलिया 
उपाध्यक्ष
नेपाल विद्यार्थी संघ

प्रतिक्रिया दिनुहोस