सरकार बिरुद्ध देश्ब्यापी आन्दोलन- स्याङ्जामा पनि तरुणहरु सडकमा उत्रिए ।

0
114

प्रा डा गोबिन्द केसीको समर्थनमा हिजो राजाधनीमा गरेको पर्दर्शनमा सरकारले हस्तछेप गरेको बिरुद्धमा तरुण दलले देश ब्यापी थप आन्दोलन र पर्दर्शन गरेको छ। स्याङ्जामा समेत तरुण दलले सरकार बिरुद्ध पर्दर्शन गरेको छ । नेपाल तरुण दल स्याङ्जाले ओली सरकारले तानाशाही तवरले दुई तिहाईको दम्भ देखाएर माथेमा आयोग र डा. केसीको मागलाई लत्याई शान्तिपूर्ण आन्दोलन गर्ने आन्दोलनकारी माथि प्रहरीले गरेको दमन विरुद्ध साङ्केतिक प्रदर्शन गरेको हो ।

भीरकोट नगरपालीका स्थित बयरघारी बजारमा सिद्धार्थ राजमार्ग आधा घण्टा बन्द गरी साङ्केतिक विरोध गरेको हो । नेपाल तरुण दल पूर्व केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठले जनताको स्वतन्त्र अधिकारलाई कुन्ठित पार्ने काम सरकाले गरेको आरोप लगाउदै सरकार तानाशाही बन्ने प्रपोगाण्डासहित अगाडी बढेमा आगामी दिनमा आन्दोलनलाई अझै वृहत रुपमा अगाडी बढाउने बताय ।

श्रेष्ठ ले शान्तिपुर्ण आन्दोलन माथी दमन गर्नु दुःखद भएको भन्दै माथेमा आयोग र डा. केसीको माग पूरा नभए सम्म सडक र सदन नछोड्ने चेतावनी दिए। नेपाल तरुण दल स्याङ्जा का अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद भगवत प्रकाश मल्ल ले शान्तिपूर्ण आन्दोलन गरेको वेला प्रहरीद्धारा दमन गरेर नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायतलाई घाईते बनाएको मा घोर भर्तसना गर्दै दमनकारी सरकारको बिरुद्द मा शसक्त रुपमा उत्रने बताए ।

साङ्केतिक आन्दोलनमा नेपाली कांग्रेस क्षेत्रीय सभापति अर्जुन प्रकाश अर्याल,तरुण दल क्षत्रीय अध्यक्षहरु दिपेन्द्र के सी, महेश भट्टराई लगायत सयौ युवा तरुणहरुको सहभागीता रहेको थियो भने सरकार बिरुद्द चर्को नाराबाजी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस