जनतालाई सडकमै कुट्ने सरकार – तरुण माथि गोली ताक्दै सरकार

0
32

आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ । सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित पचास बढी प्रदर्शनकारी घाइते भएका छन् । कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि मुल सडकमा प्रवेश गर्‍यो । प्रहरीले रोक्न खोजेपछि बानेश्वरमा तनाव देखियो । बानेश्वरको एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोज्यो । प्रहरीले अश्रुग्यास हान्दा डा. केसीका समर्थकहरुको सभामा सहभागीहरु समेत प्रभावित भएका थिए ।कांग्रेसका कार्यकर्ताले प्रतिकार गर्न थालेपछि झडप भयो । प्रहरीले अश्रुग्यासका साथै लाठी हानेको थियो भने प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । यसले नयाँवानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो ।

प्रतिक्रिया दिनुहोस