अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा डा गोविन्द केसी काठमाडौं  ल्याइयो

0
21

३ सातादेखि अनशनमा रहेका डा गोविन्द केसीले नेकपा नेतृत्वको सरकारले बल प्रयोग गरि अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा काठमाडौं ल्याउँदा गरिएको ज्यादतीको घोर भत्सर्ना गरेका छन्। प्रधानमन्त्री खड्ग प्रसाद ओलीको नेतृत्वको सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत गरिएको गरिएको कार्यको केसीले भत्सर्ना गरेका हुन्।

त्रिवि शिक्षण अस्पतालमा ल्याइएपछि सहयोगी मार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा केसीले अहिलेसम्मको ऐक्यवद्धताको लागि सार्वजनिक रुपमा धन्यवाद दिदै थप ऐक्यवद्धताको लागि अपिल समेत गरेका छन्। सरकारले काठमाडौं ल्याउन जवर्जस्ती गरेपनि आफ्नो माग पुरा गराउन कुनै तदारुकता नदेखाएकोमा रुष्ट केसीले अस्पतालमा पत्रकारसँगको कुराकानीपछि आफूले कुनै औषधी नलिने र मोनिटर पनि प्रयोग नगर्ने बताएका छन्। श्वास फेर्न गाह्रो हुँदा अक्सिजन लिने बाहेक अन्य कुनै पनि औषधी नलिने पनि केसीले प्रष्ट पारेका छन्।

छलछाम र कपटको नमुना केपी सरकारले जुम्लामा देखाएको केसीका सहयोगीहरुले बताएका छन्। प्रहरीको एक व्यक्तिलाई गोली प्रहार भएर मृत्यु भएको झुटो जानकारी फैलाएर केसीलाई मनोवैज्ञानिक दवावमा पारि काठमाडौं ल्याइएको केसीका सहयोगीले पत्रकारलाई जानकारी दिए। काठमाडौं ल्याउने बेलामा कर्फ्युको स्थित सिर्जना गरेर आफूहरुलाई काठमाडौं ल्याइएको ति सहयोगीले बताए।

सत्तारुढ दलका कार्यकर्ताले त केसी काठमाडौं नगए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै जलाइदिने धम्की दिएपछि केसी रुदै काठमाडौं फर्किएको केसीका सहयोगीले बताए। बफ्नो कारणले अर्बौको सम्पतिमा क्षती नपुगोस भनेर केसी काठमाडौंबाट गएको आर्मीको हेलिकप्टरमा काठमाडौं फर्कन राजी भएका थिए।काठमाडौं फर्कने बेलामा केसीलाई स्थानिय महिलाहरुले रुदै फूलमाला दिएर बिदा गरेका थिए।

सरकारले जवर्जस्ती काठमाडौं ल्याएका डा गोवसन्द केसीलाई भेट्न जाने तथा उनले शुरु गरेको शान्तिपूर्ण सत्याग्रहलाई ऐक्यवद्धता जनाउनेहरु त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज जाने क्रम बिहिवार रातीबाटै शुरु भएको छ। डा केसीलाई भेट्न राजनीतिक नेता कार्यकर्तादेखि विभिन्न क्षेत्रका उच्च व्यक्तित्वहरुसम्म रहेका छन्। सामाजिक जीवनका ख्यातिप्राप्त व्यक्तिहरु पनि डा केसीलाई भेटन गएका छन्। बलिउडकी चर्चित अभिनेत्री हालै सार्वजनिक भएको सफल हिन्दी चलचित्र सञ्जुकी कलाकार मनिषा कवइरालाल डा केसीलाई भेटेकी छिन।

केसीलाई भेट्न पुगेकी कोइराला उनको अगाडी भावुक भएर घुँडा मारेर बसेकी थिइन। केसीसँग मसिनो स्वरमा संवाद गरेकी कोइरालाले उनलाई अतुल्य शक्ति भएको व्यक्ति बताइन। आफूले विश्वास गरेको मुद्धामा ज्यान दिन पछि नपर्ने केसीको अतुल्य शक्तीसँग भेटेको भन्दै कोइरालाले टुइट पनि गरेकी छिन्।
तस्बिर : हाम्राकुरा कम

प्रतिक्रिया दिनुहोस