गाउँका महिलाले पहार दिदै डा केसीलाई राजधानी ल्याउन दिएन् – भन्छन सरकार यही आउनु पर्छ ।

0
22

सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा‍ गुणराज लोहनी नेतृत्वको टोली जुम्ला पुगेको छ। तर डा गोविन्द केसीले सरकारी टोलीसँग काठमाडौँ आउन अस्वीकार गरेका छन्। डा केसीलाई अपहरण शैलीमा जवरजस्ती काठमाडौं लैजाने सरकारको योजनालाई विफल पार्ने भन्दै जुम्लाका महिलाहरु सक्रिय देखिएका छन् । जुम्लाको गाउँगाउँबाट महिलाहरु जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर दबाब दिइरहेका छन्। उनीहरुले ‘हाम्रो डाक्टर लैजान पाइन्न’ भन्दै ‘माग पूरा गर’ भनी सुरक्षाकर्मीसंग ‘सरकारलाई भेन्देउ’ भनिरहेका छन्।त्यसैगरी चिकित्सा विद्यार्थीहरुले पनि मानव साङ्लो बनाएर डा केसी समक्ष पुग्नबाट रोकिरहेका छन्। सरकारले थप उपचारका लागि भन्दै केसीलाई काठमाडौँ ल्याउन टोली पठाएको छ। टोली जुम्ला पुगे पनि केसीका समर्थकहरुले अवरोध गरिरहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै काठमाडौँ ल्याउन लागिएको हो। प्रतिष्ठानमा स्थानीय विद्यार्थी र केसीका समर्थकको उपस्थिति रहेको छ।

सरकारले टोली पठाए पनि केसीले भने आफ्नो उपचार राम्रोसँग भइरहेकाले सरकारले अपहरण गर्न खोजेको आरोप लगाएका छन्। उनले अडियो सन्देशमार्फत् काठमाडौँ नजाने पनि बताएका छन्। उनले भनेका छन् ‘राज्यले यहाँबाट अपहरण गरेर काठमाडौँ लैजाँदै छ। हाम्रो अभियान तुहाउँन खोज्दै छ। सरकार मेरो स्वास्थ्यमा चिन्तित छ भने मरो माग पूरा गर म अनशन तोड्छु। यो मेरो पवित्रस्थान हो। जबसम्म माग पूरा हुँदैन म यही जुम्लामा बसेर सत्याग्रह जारी राख्छु। मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन र गुन्डागर्दी चल्दैन।’ उनले आफू चन्दननाथ बाबाको काखमा भएकाले आफूलाई अपहरण नगर्न पनि भनेका छन्।

प्रतिक्रिया दिनुहोस