इन्टरनेटमा लगाएको अतिरिक्त करको बिरुद्ध नेबिसंघको आन्दोलन

0
22

नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै धर्ना दिएको छ ।नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, कमलादीमा धर्ना दिएको हो। थप कर रसेवा शुल्क गरेर इन्टरनेटमा करिब २५ प्रतिशत कर लगाएको भन्दै नेवि संघले विरोध जनाएको छ।कर वृद्धिले इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने भएकोले आफूहरु विरोधमा उत्रिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए। सरकारले इन्टरनेटमा कर बढाएर जनतालाई सूचनाको सजिलो पहुँचबाट बञ्चित गराउन खोजेको उनको आरोप थियो। अध्यक्ष महरले सरकारको यो कदम जनतालाई सूचनाको पहुँचबाट टाढा गराउने खेल रहेको बताए ।

सरकारी अस्पतालका डाक्टरलाई गृह मन्त्रालयमा केरकार गर्ने, नेपाली कांग्रेसले ल्याएको विधेयकलाई तोडमोड गरेर सरकार संवेदनशील नहुनुले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको उनले भनाइ थियो। यस्तै सरकारले पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुको मूल्यवृद्धि, विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरी बालुवाटारलाई बन्दीगृह बनाउने गरेको भन्दै अध्यक्ष महरले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस