डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

0
24

जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।विभिन्न पेशागत संघसंस्ताको आहृवानमा भएको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ वक्ताहरुले डा. केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने बताएका छन् । सरकारले उनको मागलाई नजरअन्दाज गर्दै आएको छ। त्यसको विरोधमा मण्डलामा कार्यक्रम आयोजना भएको हो । विभिन्न दलका युवा नेताहरुसमेत सहभागी रहेको कार्यक्रममा सरकारले जवर्जस्ती ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकको चर्को आलोचना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस