सुनिता पौडेललाई यो तिजमा लाग्यो माइतिको झल्को

0
152

लोक गायिका सुनिता पौडेललाई आउँदै गरेको तिजमा माईतिको झल्को लागेको छ । लोक गायक घनश्याम रिजालको शब्द तथा लय सन्कलन र आफ्नै आवाजमा तिजको कोसेली स्वरुप नयाँ गीत माईतिको झल्को बोलको तिज गीत बजारमा ल्याएकी छन् । गीतमा घन श्याम रिजालको शब्द सन्कलन रहेको छ भने तारानाथ आचार्यले संगित सम्योजन गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा गीता भट्टराई, भोलानाथ, शिव कुमारी र स्वयम सुनिताको अभिनय देख्न पाईनेछ । भिडियोमा राजु गुरुङले कारीयोग्राफी छ भने छायांकन तथा निर्देशन गणेश सापकोटाले गरेका छन् । गीतमा विवाहित महिलाले चाड पर्वमा माईत जान नपाउदाको कथा ब्यथालाई प्रस्तुत गरिएको छ । गीतको छायान्कन पुतली बजार नगरपालिकाको १००८ चम्पागिरी आश्रममा भएको हो ।

स्याङ्जा पुतलीबजार स्थाई घर भएकी लोक गायिकाले यस अघीका बर्षहरुमा समेत तिजको कोसेली ल्याएकी छन् स्याङ्जा जिल्ला उधोग बाणिज्य संघको उपाध्यक्ष रहेकी सुनिता पौडेल संगीतिक क्षेत्रका अलवा आमा मिलन केन्द्र स्याङ्जाको माध्यामबाट सामाजीक कार्यमा निकै सक्रिय रहेकी छन् । विशेष गरेर स्याङ्जाको परिवेषमा गायिने भाकामा गीत गाउँने गायिका सुनिता पौडेलले रोईला गीत गाउँने गरेकी छन् । यस बर्षको तिज गीत बजारमा ल्याउनु अगाडि सुनिताले आर्यभन्ज्याङ काटेर बोलको रोईला गीत बजारमा ल्याएकी थीइन् ।

प्रतिक्रिया दिनुहोस