भक्तपुर डुबानमा उद्धार कार्य जारी

0
24

लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा भक्तपुरमा  तीन जनाको मृत्युसमेत भएको छ । महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।

हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ।

तस्बिर : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस