देशभर ब्यापक बर्षा, कही डुबान कही पहिरो र राजमार्ग अबरुद्ध

0
25

देश भर भएको भीषण वर्षाले जनजीवन अस्तव्यस्त पारेको छ ।बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । बुधबार रातिदेखि निरन्तर परेको भीषण वर्षाले भक्तपुरमा डुबान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ।

अविरल वर्षाले भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको हो ।

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराेका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । निरन्तरकाे वर्षाले खोलामा बाढी आउनुका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँहरुमा समेत अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ ।

यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा खसेको पहिरोले आवागमन प्रभावित भएको हो ।
यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताउनुभयो । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्ड पनि वर्षाले प्रभावित भएको छ । यो सडकखण्ड अन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा दुवैतर्फ सवारी रोकिएका छन् ।

तस्बिर : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस