थाइल्याण्डको गुफामा फसेका सबैको सकुशल उद्दार

0
22

दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको थियो ।९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेका थिए । 

थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ । गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।

उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो । उनीहरुको उद्दारका लागि पटक पटक गरी एक हजार जना उद्दारकर्ता खटिएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस