नेपाल बिद्यार्थी संघ बर्तमान अधिनायक सरकार बिरुद्ध आज माईती घर मन्डलाबाट बिरोध प्रदर्शन गर्ने ।

0
25

नेपाल बिद्यार्थी संघले बर्तमान सरकारले मेडिकल माफियालाई प्रसय दिनेगरी ल्याउन लागेको बिधेक, डाक्टर गोबिन्द केसिको जीवन रक्षा, डाक्टर केसिको माग र गंगामाया अधिकारिको जीवन रक्षाको माग गर्दै आज माईतीघर मन्डलाबाट बिरोध पर्दशन गर्ने भएको छ । बर्तमान सरकार जन बिरोधी भएको र माफियाहरुको चङुलमा डुबेको भन्दै जन पक्षकार्य गर्न दवाब दिन आन्दोलन गर्नु परेको अध्यक्ष महरले बताए । जनताको मौलिक अधिकारको हनन गर्ने काममा बर्तमान सरकार अगाडि छ हामी बिद्यार्थी जनताले दु:ख पाउदा समेत चुप लागेर बस्नु हुँदैन बिद्यार्थीको हात जनतालाई साथ नारा लिएर नेबिसंघ जनताको साथमा गईसको अवस्था हो भन्दै अध्यक्ष महरले बर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।

डाक्टर केसिको जायज मागलाई असान्धर्भिक र औचित्य बिहीन भन्दै सरकारनै माफिया पाल्न अगाडि रहेको अवस्थामा जनता सहयोग माग्न कहाँ जाने? हामी जनताको पक्षमा छौ डाक्टर केसी , यो आन्दोलन अस्पातलबाट छोराका लागि न्यायको भिख मागेकी गंगा माया अधिकारी लगायत मन्हङीको मारमा परेका जनताको आन्दोलन हुने बताएका छन अध्यक्ष महर । सरकार जहाँ जनताले आन्दोलन गर्छन् त्यही निसेधाग्या तोक्दै मौलिक हक समेत लुटेकोले आज त्यसको बिरोधमा माईती घर मन्डलाबाट १२, ३० मा बिरोध कार्यक्रम गर्ने नेपाल बिद्यार्थी संघका महामन्त्री आनन्द त्रिपाठीले बताएका छन् । त्यस्तै श्राबन १ गते काठमाडौंमा नेपाल बिद्यार्थी संघले गर्ने बिशाल बिरोध सभाको तयारीको रुपमा समेत आजको आन्दोलनलाई नेपाल बिद्यार्थी संघले लिएको छ .

बर्तमान सरकारको कर्तुत बिरुद्ध बिद्यार्थी जागरण गर्ने नेपाल बिद्यार्थी संघले श्रावण १ गते राजधानीमा बिशाल बिरोध सभा गर्ने भएको छ । नेपाल बिद्यार्थी संघले प्रेश नोट निकाली उपकुलपती प्रा डा कुल प्रशाद कोइरालालाई अपहरण, डा केसिको माग, चिकित्सा शिक्षा बिधेयक खारेजी, महङी लगायतको बिरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस