देउसी देखी अवार्ड सम्म विरेन्द्र श्रेष्ठ

0
40

निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले हिजो सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । घर हाम्रो लेकैमा बोलको गीत बाट गयक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा देउसी भईलो बाट आफ्नो गायन यात्रा सुरु गरेका श्रेष्ठले युरोपमा उच्च शिक्षा अध्ययनको क्रममा समेत आफ्नो गायन यात्रालाई बिश्राम दिन चाहेनन् । अध्ययन पछी स्वदेश फर्की यही माटोमा केही गर्न पर्छ भनी जलबिद्युत आयोजना मार्फत देश उज्यालो पर्न लागि रहेका छन् । हाल गायक श्रेष्ठ कावेली ईनर्जी लिमिटेडको काबेली ए जलबिद्युत आयोजनामा प्रवन्धकका रुपमा कार्यरत छन् ।

निरन्तर मेहनत र लगनशिलताले हरेक ब्यक्तिलाई सफलता प्राप्त हासिल गर्न बाट कसैले रोक्दैन भन्ने उदाहरण बनेका छन् ईन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठ । गायक श्रेष्ठको हरेक गीतमा अधिक गाउले भाका र शब्दको प्रयोग अनी श्रेष्ठको मर्मस्प्रशी स्वर नै गायक श्रेष्ठ अवार्डको हकदार बनेको बताउछन् पाँचथर अमरपुरका खगेन्द्र शिगु । अवार्ड कार्यक्रमपछि हाम्रो सेरोफेरो सँग सम्छिप्त कुरा गर्द गायक श्रेष्ठले दर्शक श्रोताको अपार माया र स्नेहले यो सफलता हात परेको बताएका छन् ।

ताप्लेजुङ्को बिकट सिरिजङा गाउँपालिकाको सिनाममा जन्मेका गायक बिरेन्द्र श्रेष्ठ आँफैमा एउटा पूर्वको चम्किलो हिराको रुपमा उदाएका छन् । सिरिजङा गाउँपालिकामा पहिलो पटक कसैले संगीतिक क्षेत्रमा यतिठुलो सफलता हात परेको भन्दै सिनाम लगायतका गाउँका मानिसहरु गायक श्रेष्ठलाई भेटेरै बधाई दिन आतुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस