सरकारले तलब नदिएपछि सशस्त्रका ५ एआइजीले दिए राजिनामा

0
18

सरकारले काम गर्ने ठाउँ र तलव नदिएपछि सशस्त्र प्रहरी बलका ५ एआइजीले राजिनामा दिएका छन । एआइजीहरू जानकीराज भट्टराई, सुवोध अधिकारी, निराक्रिकम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा डिआइजीबाट एआइजीमा बढुवा भएकाहरूले माघ यता तलब भत्ता पाएका थिएनन् । प्रदेश प्रमुखको जिम्मेवारी सहित एआइजीमा बढुवा भएका उनीहरू सशस्त्रको जिम्मेवारी सम्हाल्न नपाइ विदा भएका हुन ।

राजिनामा दिएकाहरूले डिआइजीकै सेवा सुविधा मात्र पाउनेछन । ५ एआइजीले राजिनामा दिएपछि शैलेन्द्र खनाल पछिको आइजिपीमा डिआइजी सुरज कुमार श्रेष्ठ हुने पक्का जस्तै भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर चट् हुने निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका थिए । त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।
उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो । सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तरगत बढुवा भएको बताएको छ । यसैवीच केही दिनअघि गृहसचिव प्रेमबहादुर राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी एक्सनको संकेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस