नेविसंघले माइतीघर मण्डलामै डा केसीको जीवन रक्षाका लागि आन्दोलन गर्दै

0
24

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने भएको छ । बुधबार दिउँसो २ बजे नेविसंघले निषेधित क्षेत्र तोड्दै डाक्टर गोबिन्द केसिको पक्षमा आन्दोलन गर्ने भएको छ।

दिउँसो २ बजे माइतीघर मण्डलामा भेला भएर सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले हाम्रो सेरोफेरोलाई जनाएका छन् । उनले सरकारले लगाएको निषेधित क्षेत्र लोकतन्त्रको खिलापमा भएको पनि बताए । बुधबारको यो निषेधित क्षेत्र तोड्ने कामको अगुवाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेलले गर्ने भएका छन् । सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो ।

प्रतिक्रिया दिनुहोस