पार्टीको विभाग गठन र भातृ संस्थाका बारेमा सभापति देउवाले बैठक बोलाए

0
26

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएका छन् । सभापति देउवाले वर्तमान राजनीतिक अवस्था र महासमिति बैठकबारे छलफल गर्न शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन् ।

मंगलबार ३ बजे बोलाइएको बैठकमा भातृ तथा शुभेक्छुक संस्थाहरुको महाधिवेशनको बारेमा छलफल हुनेछ । बैठकमा विभागहरु गठनका बारेमा पनि छलफल हुनेछ । बैठकमा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका र तरुण दल समेत छलफल हुनेछ । नेविसंघका केन्द्रीय सदस्यहरुले समयमै महाधिवेशन माग गर्दै आएका छन् ।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठकमा नेपाल महिला संघ लगायतका बिषयमा छलफल हुनेछ। साथै विधान संसोधनका बिषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस