नेपाल वायु सेवा निगमको वाइड बडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

0
9

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको  १२-१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमले जनाएको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । २०७४ साल वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरीदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य  १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । कूल २७४ सिट क्षमताको वाइड बडी अन्नपूर्णको १८ वटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, प्रवक्ता रवीन्द्र श्रेष्ठसहित चालकदलका (नौ जना) सदस्य गरी १९ जना यात् बोकेर काठमाडौँ उत्रिएको वाइड बडीको विमानस्थलमा भव्य पमा स्वागत गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन मन्त्रालय र प्राधिकरणका उच्च अधिकारी तथा निगमका कर्मचारीको उपस्थिति थियो । विमानस्थलमा कूटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी थिए ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन वटा ट्विनअटर विमान छन् ।

प्रतिक्रिया दिनुहोस