नेपाल बिद्यार्थी संघ जनताको पक्षमा उभिएको छ – महामन्त्री थापा

0
30

प्रदेश नम्बर ५ का मुख्य मन्त्रीलाई नेपाल बिद्यार्थी संघका महामन्त्री सरोज कुमार थापाको नेत्रित्त्वमा ज्ञापत पत्र बुझाएको छ । सो अवसरमा महामन्त्री सरोज कुमार थापाले मुल्य वृद्धिका कारण जनता मारमा परेको भन्दै बिद्यार्थीहरु जनताको पक्षमा आन्दोलन गर्न वाध्य रहेको कुरा बताए ।

ज्ञापन पत्र बुज्दै मुख्य मन्त्री पोख्रेलले प्रदेश सरकारको स्थायी मुकाम तोक्ने नसकेको अवस्थामा प्रदेशीक कानुन र आफ्नै प्रशासनिक सयन्त्रको अभाबमा मुल्य वृद्धि र कालावाजारिया नियन्त्रणमा प्रदेश सरकार मुखदर्शक वन्नु परेको वताउनु भयो। कम मुल्य निर्धारण हुदा सिमा क्षेत्रमा हुन सक्ने पेट्रोलियम पदार्थ को तस्करी रोख्न नसक्नुको कारण पनि सरकार पेट्रोलियम पदार्थको मुल्य वढाउन वाध्य भएको जानकारी गराउनु भयो । महामन्त्री थापाले सामाजिक संस्था र नागरिक समाज प्रभाबकारी रुपमा विरोध गर्न असमर्थ हुनुको कारण पनि जनताको चाहना बमोजिम आम उपभोक्ताको मर्का वुझेर पेट्रोलियम पदार्थ को मुल्य वृद्धि विरुद्ध आन्दोलन आएको स्पष्टीकरण पार्दै पेट्रोलियम पदार्थमा सब्सिडी दिएर भएर होस या यस्मा रहेको भारी कर कटौती गरेर भए पनि सरकार पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने वताउनु भयो।

<

p style=”text-align: justify”>नेपाल आयल निगम मा भएको चुहावट ,अपारदर्शी कृयाकलाप र सिन्डिकेटको अन्त्री गर्न पनि ने.वि.संघको आन्दोलन केन्द्रित रहेको वताउनु भयो।  ज्ञापनपत्र वुझाउने सो कार्यक्रम केन्द्रिय सदस्य टंक पाण्डे, जिल्ला सभापतिहरु र क्याम्पस सभापतिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस