बिद्यार्थी आन्दोलन अब प्रदेशमा समेत तात्यो सातओटै प्रदेशमा नेबिसंघले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझायो

0
30

ने.वि.संघ केन्द्रिय समितीद्वारा तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत मुल्य वृद्धि विरुद्ध सातै प्रदेशका राजधानीमा आज नेविसंघले मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बर्तमान सरकारले जनताको ढाड शेक्ने गरी ईन्धन तथा दैनिक उपभोग्य बस्तुमा गएको मुल्यवृद्धि विरुद्ध ज्ञापन पत्र वुझाईेको हो । नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरको हस्ताक्षरित ज्ञापन पत्र सात प्रदेशका मुख्य मन्त्री समक्ष बुझाई बिरोध जनाईएको हो । नेपाल बिद्यार्थी संघले जनताको ढाड सेक्ने गरी ईन्धनमा गरेको मुल्य वृद्धि विरुद्ध जनताको माझमा जाने निर्णय गरेको छ ।
पहिलो र दोश्रो चरणका कार्यक्रम अन्तर्गत गत जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम सम्पन्न गरेको सङले तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले जनताको ढाड सेक्ने गरि गरेको मुल्य वृद्धि समायोजन नभएर खारेज हुनुपर्ने नेविसंघले बताउदै आएको छ।

प्रतिक्रिया दिनुहोस