मुल्य वृद्धिको बिरोधमा देशब्यापी आन्दोल चर्कियो, नेबिसंघ द्वारा आयल निगम घेराउ ।

0
25

मुल्य वृद्धिको बिरुद्धमा देशब्यापी आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघले आज देश भरीका आयल निगमको कार्यालय घेराउ सहीत धर्ना दिएको छ ।

आयलनिगमको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा एक घण्टे धर्ना कार्यक्रममा सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले कम्युनिस्ट सरकारले ईन्धनमा गरेको मुल्य वृद्धिका कारण दैनिक उपभोग्य सामानको मुल्यमा समेत चरम ब्रिद्धी हुँदा सारा नेपाली जनजीवन महङीको चपेटामा परेको वाध्य भएर बिद्यार्थीहरु आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । यो आन्दोलन केबल नेपाल बिद्यार्थी संघका लागि नभएर सारा गरीब र महङीको चपेटामा परेका नेपाली जनताको लागि रहेको बताउनु भयो ।

मुल्य वृद्धि पूर्ण रुपमा फिर्ता नहुँदा सम्म नेबिसंघले आन्दोलन जारी राख्ने बताउदै अध्यक्ष महरले अब असार १० गते सातै प्रदेशको केन्द्रमा प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र सहित बिरोध जुलुश प्रदर्शन गर्ने, १२ गते देश ब्यापी रुपमा १० मिनेट आफ्नो सवारी साधान रोकी मुल्य वृद्धिको बिरोध स्वरुप हर्न बजाएर के पि ओली सरकारको कान खुलाउने कार्यक्रमलाई सफल पार्न सम्पूर्णमा साथ, सहयोग र समर्थनको अपेक्षा गरेको बताउनु भयो ।

नेपाल बिद्यार्थी संघले ”बिद्यार्थीको हात जनताको साथ” बिशेष अभियान लिएर कम्युनिस्ट सरकारको भन्डाफोर गर्न नेपाल बिद्यार्थी संघले जनता- बिद्यार्थी जगाउदै थप संघर्शका कार्यक्रम गर्ने नेपाल बिद्यार्थी संघका प्रेश सम्योजक उमेश भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस