मूल्यवृद्धि  घटाऊने होईन फिर्ता हुनु पर्छ- अध्यक्ष महर

0
31

कम्युनिस्ट सरकारले अत्यावस्यक बस्तु तथा ईन्धनमा गरेको मूल्यवृद्धि बिरुद्ध आज ७७ वटै जिल्ला सदरमुकाममा सडक बहस कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर ३ को राजाधानी हेटौंडामा नेपाल बिद्यार्थी संघले आयोजना गरेको बहस कार्यक्रममा बोल्दै नेबिसंघ अध्यक्ष नैन सिंह महरले जनताका लागि सेवक बन्नु पर्ने सरकार नै जन बिरोधी काममा उद्दत भएपछी देश ब्यापी आन्दोलन गर्नु परेको रक्षक नै भक्षक भएका कारण ओली सरकारलाई जनताको कठघारामा उभ्याउनु पर्ने बताउनु भयो ।
मुल्य ब्रिद्धी थोरै मात्रा घटाऊनु भन्दा पनि बढाईएको सबै मुल्य फिर्ता नहुन्जेल नेबिसंघको आन्दोलन नरोकिने कुरा सडक बहसमा बताउनु भयो । जिल्ला अध्यक्ष राजु खतिवडाको सभापतित्वमा सम्पन्न सडक बहसमा नेबिसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेबिसंघ नेता आनन्द रवत लगाएतले सरकारले जनतालाई महङ्हीमा बाँच्न वाध्य पारेको बताउदै सरकार बिरुद्ध आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस