के मेयरलाई डोजर चलाऊन लाईसेन्स चाहिदैन ? मेयरले डोजर चलाउदा पत्रकार घाईते

0
17

पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो ।पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले झुकिएर डोजरको लिभर दवाउदा डोजरको वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए ।

डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत ५ जना थिए । पोखरालेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने पोखरा महानगरको योजना छ । पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस