आज देखी रुसमा विश्वकप फुटबल सुरु हुँदै राति उद्घाटन र उद्घाटन खेल

0
10

विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदैछ । रुसले पहिलो पल्ट विश्वकप आयोजना गर्नमात्र पाएको छैन विश्वकप पूर्वी युरोपमै पहिलोपटक हुँदैछ । ३२ राष्ट्र सहभागी यस महाभुकम्पको भब्य उद्घाटन मस्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदैछ ।

दुवै टिमको वरियता निकै तल रहेकाले अहिलेसम्मकै कमजोर उद्घाटनका रुपमा पनि हेरिएको छ । आधा घण्टाको उद्घाटन समारोहपछि खेल सुरु हुनेछ । आधा घण्टामा सबै देशका खेलाडीसंगै पूर्व सेलिब्रिटीहरु पनि सहभागी हुनेछन् । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । विश्वकप एक महिनासम्म चल्नेछ । यो वर्षको रसिया विश्वकप फुटबलमा सहभागी ३२ टोलीदेखि उपाधी विजेता सम्मका लागि ४० करोड अमेरिकी डलर अर्थात् ४३ अर्ब ३२ करोड नेपाली रुपयाँ भन्दा बढी खर्च हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर १०८ रुपैयाँ ३१ पैसा तोकेको छ । यो रकम राष्ट्र बैंकबाट किनेर विश्कप फुटबलमा सहभागी ३२ राष्ट्रदेखि उपाधी विजेतासम्मलाई दिनु परेमा ४३ अर्ब ३२ करोड ४० लाख रुपैयाँ खचिर्नुपर्छ ।

रसिया विश्वकपका सामेल हुने ३२ टोली मध्ये १६ वटा टोली अन्तिम १६ मा पुुग्छन् । ती १६ टोलीले कम्तिमा ८०÷८० लाख डलर पाउनेछन् । एक टोलीले ८६ करोड रुपैयाँ भन्दा बढी । अन्तिम १६ मा पुुगेका मध्ये ८ टोली क्वार्टर फाइनलमा पुुग्छन् । बाहिरिने प्रत्येक ८ टोलीले १ करोड २० लाख डलर ( १ अर्ब २९ करोड ६० लाख रुपैयाँ ) का दरले पुरस्कार पाउनेछन् । क्वार्टर फाइनलबाट बाहिरिने ४ टोली हरेकले १ करोड ६० लाख डलर (१ अर्ब ७२ करोड ८० लाख रुपैयाँ) पाउनेछन् ।

सेमी फाइनलबाट बाहिरिने २ टोलीले २ करोड २० लाख डलर (२ अर्ब ३७ करोड ६० लाख रुपैयाँ) हात पार्नेछन् । त्यस्तै तेश्रो हुनेले २ करोड ४० लाख डलर (२ अर्ब ५९ करोड २० लख रुपैयाँ), उपविजेताले २ करोड ८० लाख डलर (३ अर्ब २ करोड ४० लाख रुपैयाँ) र विजेताले ३ करोड ८० लाख डलर अर्थात् ४ अर्ब १० करोड रुपैयाँ पाउनेछन् । यो रकम गत विश्वकपको भन्दा ३० लाख डलर बढी हो। यसका अतिरिक्त हरेक टोलीलाई तयारीका लागि भन्दै १५ लाख अमेरिकी डलर समेत दिइने छ। फिफाले रसिया विश्वकपको राजश्व र आम्दानीबाटै ५ अर्ब अमेरिकी डलर अर्थात् ५ खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी कमाइ हुने प्रक्षेपण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस