एक महिना देशभर लाइसेन्सको आवेदन बन्द हुने

0
22

सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १ २०७५ देखि कुनै पनि फारम नलिन भनेको छ । अहिले अनलाइनमार्फत नै लाइसेन्सको आवेदन भर्ने व्यवस्था गरिएको छ । विभागले काठमाडौं सहित सबै अञ्चलहरुमा कार्यालयहरुलाई असारका लागि अनलाइन फारम नलिन निर्देशन दिएको हो ।

अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर ट्रायल रोक्न लागिएको हो । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवदेशन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी छ । साउन १ गतेबाट भने नयाँ आवेदन खोल्ने विभागको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस