सरकारले जनतालाई झुटको खेती गर्‍यो- गोपालमान श्रेष्ठ

0
36

बर्तमान सरकारले जनतालाई भोट सँग झुट साटेको बताए । नेपाल बिद्यार्थी संघ स्याङ्जा काठमाडौं संपर्क समितिको पहिलो सधिबेशनको आईतबार राजाधनीमा  उद्घाटन गर्दै सो कुरा बताएका छन् । कार्यक्रममा बोल्दै पूर्व उपप्रधान मन्त्री रहेका नेपाली काङ्रेश केन्द्रिय सदस्य श्रेष्ठले जनता संग भोट माग्ने बेलामा एउटा आश्वासन दिएको तर जब स्वार्थ पुरा भए पछी जनतालाई धोका दिएको बताए । यो सरकारले जनताको ढाड सेक्ने गरी महङ्गी बढाएको बन्दै अब युवा बिद्यार्थी चुप लागेर बस्न नहुने बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य धनराज गुरुङले नेकपाको सरकार अधिनायकबाद लाध्न उद्रत भएको बताए ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्रेश स्याङ्जा जिल्ला सभापती एबम पूर्व संबिधान सभा सदस्य कमल पङेनीले अबको समय युवाको हो भन्दै युबाले हरेक परिवर्तन युवाको सक्तीले भएको बताउदै सर्बसताबाद बिरुद्ध लाग्न अनुरोध गरे । , पूर्व संबिधान सभा सदस्य मोहन प्रसाद पाण्डेले अधिबेसनको सफलताको शुभकामना दिदै बर्तमान सरकार जनतालाई धोका दिएकोले अब यो सरकारलाई जनताले विश्वाश गर्ने आधार नरहेको बताए । कार्यक्रममा नेबिसंघ पूर्व केन्द्रिय सदस्य गुरु भट्टराई, युब राज पाण्डे, बिष्णु पौडेल लगाएतले बोलेका थिए । कार्यकमको अध्यक्षता स्याङ्जा काठमाडौं सम्पर्क समिती अध्यक्ष दिपक न्यौपानेले गरेका थिए । अधिबेशनले नयाँ कार्यसमिती चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस