सरकार सर्बसत्ताबाद लाद्नन खोज्दै छ – अध्यक्ष महर

0
27

नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले अहिलेको सरकार सर्बसत्ताबाद लाद्नन खोजेको बताएका छन् । काठमाडौंको बानेश्वरमा नेपाल बिद्यार्थी संघ स्याङ्जा काठमाडौं संपर्क समितिको प्रथम अधिबेसनमा बोल्दै सो कुरा बताएका हुन् । अध्यक्ष महरले सरकारले जनताको दैनिक जनजिबिकामै प्रभाव पार्ने गरी ईन्धन र दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धि गरेको भन्दै नेबिसंघ यसको बिरुद्ध ससक्त आन्दोलनमा युत्रिएको बताए । कार्यक्रममा आफ्नो धारणा राख्दै नेबिसंघ महामन्त्री सरोज कुमार थापाले अहिले बिद्यार्थी आफ्नो पढाई थाती राखेर सरकार बिरुद्ध उत्रिनु परेको भन्दै यो सरकारले बिद्यार्थीलाई सजिलै सँग अध्ययन गर्न पनि नदिएको बताउनु भयो ।

त्यस्तै आर्का महामन्त्री आनन्द राज त्रिपाठीले सरकारको नालायकीपनले जनताले दु:ख पाएको बन्दै अब पनि बिद्यार्थी चुप बसे देशमा अधिनायक बाद जन्मने खतरा रहेको बताउनु भयो । त्यस्तै महामन्त्री कुन्दन राज काफ्लेले पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने बताए । नेविसंघले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको काफ्लेले बताए। स्याङ्जा जिल्ला भरी बाट काठमाडौंमा आई अध्ययनरत बिद्यार्थीहरुको एकता र समस्या समाधान गर्न २०७१ मा स्थापना भएको यस संपर्क समितिले नयाँ कार्य समिती गठन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस