नेबिसंघको महाधिबेशन् २०७५ श्रावणमा हुने घोषणा, मूल्यवृद्धि बिरुद्ध नेबिसंघको सशक्त आन्दोलन

0
104

पेट्रोलियम पदार्थमा सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि बिरुद्धमा देश ब्यापी आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघले आफ्नो दुई बर्से अबधी भित्रै अर्थात २०७५ श्राबण २३ देखी २७ सम्म बार्हौ महाधिबेशन् सन्पन्न गर्ने भएको छ । २०७४ असोज ३१ गतेको राष्ट्रिय रणनितीक प्रशिक्षण भेलाको बन्द सत्र बाट अनुमोदन भएको समय अनुसार नै महाधिबेशन सम्पन्न हुने नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले बताएका छन् ।

नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष महरले देश संघियतामा प्रबेश गरीसकेको अवस्थामा नेबिसंघको संगठन समेत संघियतामा गएकाले नेबिसंघको बिधान तथा नियमावली लाई समयनुकुल बनाउन मसौदा तयार भईसकेको र पूर्व केन्द्रिय अध्यक्ष अबम् पदाधिकारी संग जेष्ठ ३० गते अन्तरकृया गर्ने कार्यक्रम रहेको बताउनु भयो । यसै गरी देशका सातै प्रदेशका राझधानीमा एकै दिन बिधान समान्धी सुझाव सन्कलन कार्यक्रम गर्ने कुरा महामन्त्री सरोज कुमार थापाले बताउनु भयो ।

सरकारले ईन्धनमा गरेको मूल्यवृद्धि र ईन्टरनेट प्रयोगकर्ता लाई लगाएको करको बिरुद्ध नेपाल बिद्यार्थी संघले सरकारलाई चेतावनी दिदै देशभर थप शसक्त आन्दोलनको घोषणा गरेको छ। जस अनुसार जेठ २७ गते देशव्यापी सिठी जुलुस, जेठ १९ गते मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गर्दै उपाध्यक्ष पुष्पकुमार शाहीले कार्यकर्तालाई आन्दोलन चर्काउन निर्देश गरे। उनले उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलाले वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य खारेज नगरिए जेठ ३१ गते देशैभरीका जिल्लाहरुमा प्रधानमन्त्री केपी शर्माओलीको पुत्ला दहन गर्नेसमेत निर्णय गरिएको बताए ।

यसअघि बुधबार नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै देशैभरीका जिल्ला प्रशसन कार्यालय अगाडि धर्ना दिएको थियो । त्यस्तै नेविसंघले मंगलबार मूल्यवृद्धि खारेजको माग गर्दै देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।

बिधान सुझाबकालागी नेबिसंघले सातै प्रदेशमा जिम्बेवारी तोकेको छ जस अनुसार प्रदेश १ मा विकास केसी, नविन राई, कृष्ण कार्की,
प्रदेश २ मा सन्जय यादव, राजेश रौनियार, परमेश्वर शाह,
प्रदेश ३ मा रामप्रसाद अधिकारी,उर्मिला थपलिया, माधव ढकाल, महेश्वरी कुँवर, प्रेमराज जोशीलाई जिम्मेवारी दिइएको छ 
प्रदेश नं. ४ मा डिल्लीराम सुवेदी, सागर परियार, हरिहर शर्मा, शिव रिमाल,
प्रदेश ५ मा प्रकाश राना, पवन यादव, प्रकाश घिमिरे, ललिता सुनार,
प्रदेश ६ मा खडग डाँगी, इश्वर बिष्ट, सधना घिमिरे र
प्रदेश ७ मा पुष्पकुमार शाही, अम्बिका चलाउने, अच्युत कलौनीलाई जिम्मेवारी दिइएको छ ।यसैगरी असाढ १ गतेबाट सदस्यता वितरण गरिने र २० गतेबाट शैक्षिक संस्था, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको नेविसंघका मुख्य सचिब डिल्ली हमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस