सिंहदरवारमा प्रम ओलीले मनपर्ने फलफुलका बिरुवा रोपे

0
23

प्रकृति र मानव सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण कायम राख्न मंगलबारबाट नेपाल स्वच्छ वातावरण महाअभियान सुरु हुँदै छ । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउदै विश्व वातावरण दिवसका अवसरमा सन्देश जारी गरे । उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ राखिएको छ । जमिन बाँझो नराख्ने र फलफूलमा आत्मनिर्भर बन्ने अभियानको थालनी गर्दै ओलीले हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताए । उनले यसबाट इकोसिस्टममा पनि सघाउ पुग्ने बताए । यो अभियानका क्रममा एकै दिनमा एक लाख भन्दा बढी फलफूलका विरुवा रोपिएका छन् । देशभरका सैनिक ब्यारेकमा पनि फलफूलका विरुवा रोपिएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस