सरकारको ज्याजती बिरुद्ध नेबिसंघ चुप बस्दैन – अध्यक्ष महर

0
35

नेबिसंघले अाज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने

सरकारले लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ अब चुप लागेर नबस्ने भएको छ नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले नेपाल बिद्यार्थी संघका सम्पूर्ण बिद्यार्थी कार्यकर्ताहरुलाई बाम्पन्थी सरकारले गरेको ज्याजती बिरुद्ध देश व्यापी आन्दोलनमा हुमिन आवहाँन गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले जनताको ढाडै सेकिने गरी दुई महिनामा लगातार पाँच पटक पेट्रोलियम कर्ता मूल्य वृद्धि गर्नु जनताप्रति सरकारको गैर जिम्मेवारीपन भएको निस्कर्श निकालेको छ ।

नेपालको राष्ट्रियता नै कम्जोर बनाउने चलखेलमा सक्रिय वर्तमान कम्युनिष्ट सरकारले एक सय दिनमा पाँच पटक मूल्य वृद्धि गरी कालाबजारी र माफियाको चंगुलमा फेर दैनिक उपभोग्यबस्तुको मूल्यमा समेत चरम बृद्धि गरेको नेविसंघको आरोप छ । जनताको इच्छा र चाहना माथी चलखेल गरेर कम्युनिष्ट सरकारले जनताप्रति अन्याय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । अध्यक्ष महरले चर्को मूल्य बृद्धिले जनताको चुलो चौको समेत प्रभावित भएको बताए । उनले पेट्रोलियम पटार्थको मूल्य यथासिघ्र फिर्ता गर्न सरकारसँग आग्रह गरे ।

<

p style=”text-align: justify;”>नेविसंघले मूल्य वृद्धि बिरुद्ध २२ गते विहान ११ बजे देश भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र २३ गते दिउसो २ बजे जिल्ला प्रशासन अगाडी कालो झन्डा गाडेर धर्ना दिने र सदरमुकाममा एक घन्टा चक्का जाम गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्नो मागको सम्वोधन नभए आन्दोलनलाई थप शसक्त बनाइने नेबिसंघका महामन्त्री सरोज कुमार थापाले हाम्रोसेरोफेरोलाई बताए ।

प्रतिक्रिया दिनुहोस