स्याङ्जामा आफ्नै शिक्षकबाट बालिका बलात्कृत

0
289

चापाकोट नगरपालिका वडा न ९ का ५५ बर्षिय शिक्षक रामभक्त आचार्यले स्थानीय १४ बर्ष की नाबालिकालाई बलात्कार गरेको आरोप लगाईएको छ । गंगालाल मा वि चापाकोटका शिक्षक आचार्यले बालिका लाई केही जिन्सी तथा फेन्सी सामानको प्रलोभन तथा डर त्रास देखाई करणी गरेको पिडीत पक्षले जनाएका छन ।

पिडीतका अनुसार शिक्षक आचार्यले निज बालिका लाई गत बैशाख ३० गते नजिकैको पाखो जमिनमा लगि जबर्जस्ती करणी गरेको पीडित बालिकाले बताएकी छिन । पीडित बालिकाकी आमाले उजुरी गरेपछि यस्तो घट्ना बाहिर आएको हो । बाहिर हल्ला हुन थालेपछी शिक्षक आचार्य फ़रार रहेका छन । उनको खोजीकार्य भैरहेको र कानुन बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने र कार्बाही गर्ने वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। । यता नगरपालिकाले समेत शिक्षक रामभक्तको खोजी भईरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस