स्याङ्जामा ईन्धनको मुल्य बृद्धी बिरुद्द नेविसंघको बिरोध

0
253

नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस ईकाई समिती र वालिङ नगरसमितीको संयुक्त रुपमा बिरोध र्याली सहित कोण सभा गरेको छ ।बाम गठबन्धनबाट बनेको ओली सरकारले पेट्रोलियम पदार्थको पटक पटक मुल्य बृद्दि गरेपछी सरकारले गरेको निर्णय फिर्ता गर्न दबाब दिनको लागी उक्त कार्यक्रम गरेको हो ।

कोण सभाको सम्बोधन गर्दै नेपाल शिक्षक संघ स्यांग्जा क्षेत्र नं २ का सभापति डण्डुपानी पंगेनीले सरकारले दिनप्रतिदिन मुल्यबृद्दि गरेर जनताको ढाड सेक्ने काम निन्दनिय रहेको उल्लेख गर्दै जनतालाई गरिब बनाएर आफ्नो कुर्ची टिकाउने सपना नदेख्न ओली सरकार लाई चेतावनी दिएका थिए । उनले राणा र राजालाई कांग्रेसले सजिलै धकेलेको स्मरण गराउदै कम्युनिस्टलाई किनारा लगाउन कुनै ठुलो तागत आबस्यक नपर्ने बताए ।कार्यक्रममा नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुव पंगेनी, नेबिसंघ क्षेत्रीय अध्यक्ष विश्वास लम्साल, नगर सभापति दिक्षान्त प्रताप खाण लगायतले सरकारको खोक्रो राष्ट्रवाद र नालायकी पनको बिरुद्धमा बोलेका थिए । करिब ३०० बिद्यार्थी, तरुण, नेपाली काङ्रेश सबद्ध नेता, कार्यकर्ताको सहभागीता रहेको थियो । र्याली वालिंग क्याम्पसबाट शुरु भएर क्याम्पस रोड हुदै नगर पारीक्रमा गरी सिद्धार्थ राजमार्गमा पुगी कोणसभामा पारीणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस