श्री रामकथा ज्ञानविज्ञान महायज्ञ को आय व्याय सार्वजनिक

0
13

कालिगण्डकि ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा धर्म र संस्कृतिको संरक्षण गर्दै प्राकृतिक शिक्षण अस्पताल र आधुनिक गुरुकुल निर्माणार्थ 2074/चैत्र/3 देखि 11गते सम्म भएको श्री रामकथा ज्ञानविज्ञान महायज्ञ को आय व्यय विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरीएको छ |जेष्ठ १२ गते गल्याङ नगरपालिका १ मालुङामा महायज्ञ को आय व्यय विवरणसार्वजनिक गरेको हो । सो महायज्ञमा विभिन्न दानदाताहरु ,कलश विक्रि, दानपात्र तथा भवन निर्माण लगायतका प्रतिबद्धता रकम आदीबाट एकमुष्ट रुपमा 16253661 रकम(दान प्राप्त जग्गाको मुल्यांकन र दुई वटा गेट निर्माण को लागत बाहेक) आम्दानी भएको व्यहोरा आय व्याय विवरणमा सार्वजनिक गरीएको छ भने विभिन्न शीर्षकमा जम्मा रु 38,65,088 रकम खर्च भएको व्यहोरा सार्वजनिक गरीएको छ |

सो कार्यक्रममा सभापतिको भुमिकामा महायज्ञ मुल सम्पादन मुल समितिका संयोजक शंकर पाण्डे,कार्यक्रमको समुदघाटन कथा वाचक चैतन्य कृष्ण, आय व्याय विवरण प्रतिष्ठानका कोषाध्यक्ष मणि प्रसाद बस्याल ले सार्वजनिक गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस