बालकृष्ण ढुंगेलको कैद मिनाहको बिरोधमा प्रधानमन्त्रीको पुत्ला जलाए नेविसंघका २नेता पक्राउ

0
34

उज्जन श्रेष्ठको बिभत्स हत्यामा जेल परेका बालकृष्ण ढुंगेलललाई कैद मिनाह गरिएको बिरोधमा नेविसंघले बुटवलमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

पुत्ला दहन गर्न आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ बुटवल बहुमुखी क्याम्पसका इकाइ सभापति दिनेश पौडेल र रामापुर बहुमुखी क्याम्पस सैनामैनाका इकाइ उपसभापति अर्जुन पौडेल रहेका छन् । पुत्ला जलाउने क्रममा आधा घण्टा प्रहरी र नेविसंघ कार्यकर्ता बीच धकेलाधकेल भएको थियो ।

पुत्ला दहनपछि कोणसभामा बोल्दै नेविसंघ केन्द्रीय सदस्य टंक पाण्डेले ढुंगेलको कैद मिनाहले कानुनी शासनको उपहास भएको भन्दै शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर सरकार निरंकुश बनेको आरोप लगाए । प्रहरी हस्तक्षेपको विरोधमा नेविसंघले शुक्रबार ९ बजेदेखि १० बजेसम्म जिल्लाभर चक्काजाम गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस