पूर्ण बहुमतको कम्युनिस्ट सरकारको पहिलो बजेट आज

0
24

सरकारले मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसका लागि उनी संसद भवन नयाँ बानेश्वर पुगिसकेका छन् । एस् अघी मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

उनले संसद भवन प्रवेश गर्ने क्रममा बजेटको सार्वजनिक गरेका छन्, उक्त ब्रिफकेसको रङ भने रातो छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि रातो रिबन बाँधेको कालो ब्रिफकेस प्रयोग गरेका थिए ।

बजेट बनेश्वोर स्थित सम्सद भावनमा सुरु भएको छ बजेटले प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको आयोजना उनीहरुले नै कार्यान्वयन गर्नेगरी हस्तान्तरण गर्ने ।रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जान नदिन विशेष कार्यक्रम ल्याउने सरकारको योजना रहेको छ । अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने,सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सुकको सेवा अनिवार्य,आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड,सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाएको छ । अन्तर सरकारी श्रम सम्झौता गरी सीप सिकेर मात्र वैदेशिक रोजगारी र सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय स्थापना गर्ने भएको छ । ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेटको ब्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस