बिहे गरेको केहि दिनमै अलग भए बल्छी धुर्वे श्रीमतीबाट

0
74

चर्चित टेलिसिरियल मेरी बास्सैका ‘बल्छी ध्रुबे’ अर्थात् मरिचमान श्रेष्ठ बैबाहिक बन्धनमा बाधिएको केहि हफ्तामै श्रीमती सँग अलग भएका छन्। झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग लगनगाँठो कसेका हुन् । काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेका बल्छीले केही दिन अगाडि दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा प्रस्थान गरेका थिए । लामो समयदेखि मेरी बास्सैसँग जोडिएका उनको लाखौ शुभ चिन्तक रहेका छन् ।

मेरी बास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भित्र केटी खोज्नका लागी गाउँले धेरैको सहयोग लिईरहेको भए पनि बास्तबिक जिवनमा भने सुटुक्क बिबाह गरेका हुन् । धर्मशास्त्रीय मान्यता अनुसार अशुद्ध महिना मानिने मलमास जेठ १ मंगलबारबाट सुरु भएको थियो यसैले गर्दा बल्छी धुर्वे पनि श्रीमति संग अलग भएका छन् । एक वर्षभित्र विवाह भएका पतिपत्नीले समागम गर्नुहुँदैन । एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने भनिए पनि शास्त्रीय आधारमा भने समागम गर्न निषेध गरिएको कारणले धुर्वेले पनि मलमास बारेका हुन् ।

यदि पतिपत्नी बिच समागमन भए पतिको आयु हुने, यसबीचमा गर्भ रहे स्वस्थ सन्तान नजन्मने, आयु पनि थोरै हुन धर्मग्रन्थमा उल्लेख गरिएको छ । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महीनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्न पनि शास्त्रीय रुपमा बन्देज छ । यस महीनामा मन्दिर निर्माण र कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि मनाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस