मोदीको नेपाल भ्रमणः तयारी पुरा तर हुरीको ताण्डव स्वागतद्वार ढल्यो

0
21

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई मध्यनजर गर्दै अहिले जनकपुरमा भव्य तयारी गरिदैँछ । मोदीको भ्रमणको समय नजिकिदै गर्दा जनकपुरधामको रंगभूमि मैदान बारहबिग्हादेखि सिंगो सहर जनकपुर सिंगारिएको छ भने प्रधानमन्त्री मोदीको अभिनन्दनका लागि भव्य मञ्च समेत निर्माण गरिदैछ । जानकी मन्दिर वरिपरि विशेष सजावट गर्ने काम जारी छ । मोदीको विशेष विमान अवतरण गर्ने स्थानदेखि जानकी मन्दिर हुँदै रंगभूमी मैदानसम्म विशेष सतर्कता अपनाइने भएको छ ।

यसैक्रममा मंगलबार प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरधाममा भईरहेको तयारीका बिषयमा जानकारी लिएका छन् । जनकपुरधामको रँगभुमि मैदान बारहबिग्हा पुगी उनले मोदीलाई गरिने अभिनन्दन समारोहका लागि निर्माणधिन मञ्च तथा त्यहाँका तयारीका बिषयमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसँग जानकारी लिएका थिए । तर धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् । बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको हो ।मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढलेका छन् । मिहिनेतपूर्वक जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो ।हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । मोदी पर्सि अर्थात् वैशाख २८ गते जनकपुर आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस