सोनम भईन बेहुली

0
16

सोनम कपुर केही घण्टाभित्रै आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिदैछिन् । मुम्बईमा विवाहको कार्यक्रम सुरु भइसकेको बताइएको छ । दुलहा आनन्द अहुजाको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ भने सोनमको तस्बिर पनि सोसल मिडियामा छाइसकेको छ ।

विवाह पंजाबी तरिकाले भइरहेको छ । दुलही सोनम आन्टीको बंगलामा पुगिसकेको बताइएको छ ।सोनम कपुर प्रख्या अभिनेता अनिल कपुरकी छोरी पनि हुन् । त्यसैले भारतीय सञ्चारमाध्यमले यो बिहेलाई निकै महत्व दिएका छन् । बिहेका पलपलका अपडेटहरु आइरहेका छन् ।

सोनम निकै सुन्दर देखिएकी छिन् । उनले रेड र गोल्डेन बोर्डरको लहंगा लगाएकी छिन् । लहंगालाई कम्प्लिमेन्ट गर्नका लागि चोकर नेकलेसका साथ पर्ल बीडेड रानी हार लगाएकी छिन् । गोल्डेन र रातो रंगको चुराले उनको हात सजिएको छ । उनको मेकअप भने हल्का छ ।

प्रतिक्रिया दिनुहोस