प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु विच छलफल

0
13

प्रधानमन्त्री केपी ओलीले आसन्न बजेट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । आज अपरान्ह भएको छलफलमा प्रधानमन्त्री ओलीले आसन्न बजेट, अव्यवस्थित बसोबास, केही दिनमै हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका थिए । छलफलमा पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराइ, शेरबहादुर देउवा, मधवकुमार नेपाल र मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी सहभागि थिए । बैठकमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल भने सहभागि थिएनन् । उनी नेपाल बाहिर भएकाले छलफलमा सहभागि नभएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री केपी अाेलीले आगामी बजेटका प्राथमिकता निर्धारण तथा नीति तथा कार्यक्रममा समाबेश गर्ने बिषयबस्तुबारे पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव मागेका थिए । सो क्रममा पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय क्रमभंग हुने गरी बजेट ल्याउन प्रमलाई सुझाव दिइएको बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी गराए ।

बैठकमा भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । पूर्वप्रमहरुले राष्ट्रहितलाई सर्वोपरी ठानेर मोदीको स्वागत गर्न सुझाएका थिए । नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन सरकारका तर्फबाट प्रधानमन्त्री र अर्थमन्त्रीले सरोकालवालासँगको छलफललाई केही दिनयता तीव्रता दिएका छन् ।सरकारले आगामी जेठ पहिलो साता यो बर्षको नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस