बलिउड अभिनेत्री करिश्मा कपुर काठमाडौंमा

0
49

बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् ।आज बिहान करिब ९ बजे नेपाल आइपुगेकी उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरेकी छन् । करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् । श्रीमान सञ्जय कपुरसँग सम्वन्धविच्छेदपछि उनी सन्दिप तोसनीवालसँग डेट गरिरहेकी छिन् । उनका एक छोरी र एक छोरा छन् ।

करिश्माले दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वलर्स’को शाखा उद्घाटन गर्दै भनिन्–‘उहाँहरु र मविचमा केही कुरा मिल्छ । म पनि बलिउडमा चौथो जेनेरेशनकी नायिका हुँ । अहिले मेरिगोल्डलाई पनि चौथो जेनेरेशनले हाकिरहनुभएको छ ।’

करिश्माले रिबन काट्दै शाखा भ्रमण पनि गरिन् । उनलाई उपस्थित पाहुना र मिडियाले खुबै पछ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु ।’करिश्माले नेपाल आफूलाई निकै मनपर्ने भन्दै भनिन्–‘आई लभ नेपाल । नेपाल सगरमाथाको देश हो । मलाई निकै मनपर्छ ।’ आफू नेपाल आउन पाउँदा निकै खुशी भएको समेत उनले बताएकी छिन् । इन्द्रचोकमा संचालनमा रहेको मेरिगोल्ड ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा खोलेको हो ।

प्रतिक्रिया दिनुहोस