अब नयाँ बसपार्कमा सहचालकले यात्रुका झोला खोस्ने दिन गए

0
39

नयाँबसपार्कमा टिकट दलालहरुको राजाई अन्त्य भएको छ । सरकारसँग बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिले आफ्नै काउन्टर राखेको छ । योसँगै यात्रु ठगिने सम्भावना पनि हटेको छ । अब दलालबाट ठगिनुपर्ने अवस्थाको अन्त्य भएको ल्होत्सेका महाप्रबन्धक सुनिल बताए । अहिलेसम्म नयाँबसपार्क पुग्दा दलालहरु कहाँ जाने भन्दै झोला नै तान्न अइपुग्थे । अब दलालहरुसँग ल्होत्सेको सम्बन्ध हुँदैन । ल्होत्सेको कर्मचारीले तोकिएको भाडादरमा टिकट काट्छन्,’।नयाँ बसपार्कमा टिकट काट्न तोकिएको पोसाक लगाएका कर्मचारी खटिएका छन् । अब टिकट काट्न पुग्नेले विगतको जस्तो दुर्व्यवहार पनि खेप्नुनपर्ने छैन । कुँवरका अनुसार अब यात्रुको टिकट व्यवस्थापन ल्होत्सेले नै गर्नेछ । बस कम्पनीहरुसँग समन्वय गरेर यात्रुलाई आफ्नो आवश्यक्ता अनुसारको सेवा व्यवस्थापन गर्ने योजना ल्होत्सेको छ ।

सरकारको निर्देशनअनुरुप समितिका तीन दर्जन काउन्टरहरु हटाईएको छ भने स्वैच्छीक रुपमा यात्रुले चाहेकै कम्पनीका बसमा हामी टिकट ल्होत्सेले काटिदिनेछ । विगतमा एउटा बसमा यात्रु भर्दा दलालले ३० हजार रुपैयाँ उठायो भने ५ हजार आफ्नै खल्तिमा हाल्थे । त्यसले गर्दा भाडामा मनलाग्दी मौलाएको थियो । समितिहरुबीच पनि आपसी मिलेमतोमा टिकटमै कार्टेलिङ हुन्थ्यो । यात्रुहरुलाई सिट छ भनेर टिकट काटेर मुढामा राखिदिने, थोत्रा बसमा कोचिदिने, बीच बाटोमा पुगेर सिट मिलाइदिन्छु भन्ने आश्वासन मात्रै दिने, भाडा महंगो लिनेलगायतका समस्या थिए ।

अनलाइन टिकट बुकिङको तयारी

अब सबै कम्पनीहरुले बसपार्कभित्रै टिकट काउन्टर पाउने छैनन् । त्यसैले उनीहरुसँग अनलाइनमा जानुपर्ने, बसपार्क बाहिर आफ्नै काउन्टर राख्नुपर्ने वा ल्होत्से मातहत आउनुपर्ने विकल्प छ । अब कम्पनीहरुले अनलाइनबाटै टिकट काट्ने प्रणालीको विकास गर्नुपर्ने पनि भएको छ । ल्होत्सेले पनि निकट भविष्यमा नयाँ बसपार्कबाट छुट्ने कम्पनीका बसहरुलाई एकीकृत गरेर अनलाइन टिकेटिङ सुरु गर्ने योजना बनाएको छ ।
अहिले एकद्वार प्रणालीबाट सुरु भएको यात्रुको व्यवस्थापनलाई ई–टिकेटिङसम्म लैजान आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस