मेची राजमार्गमा अज्ञात समूहले गाडीमा आगजनी

0
17

मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ।

बिर्तामोडबाट इलाम हुँदै सामान लिएर पाँचथरको फिदिम तर्फ जाँदै गरेको १ ज ८७१५ नम्बरको गाडी नेकपाका कार्यकर्ताले मेची राजमार्गमा पर्ने सानवीरेमा आगजनी गरेका हुन् । इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ। बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस