बैशाख १४ देखी २३ सम्म दोस्रो गल्याङ महोत्सब चल्दै

0
80

गल्याङ महोत्सवको आधार, कृषी, उद्योग र पर्यटननै आर्थिक सम्बृद्धिको पुर्वाधार भन्ने मुल नाराको साथ  दोस्रो गल्याङ महोत्सव यही बैशाख १४ देखी सुरु भएको छ । महोत्सब २३ गते सम्म जम्मा १० दिन सन्चालन हुने छ । दोस्रो महोत्सव नववर्ष तथा ब्यापार मेलाको उद्घाटन गर्दै प्रदेश २ ख का सांसद भागवत प्रकाश मल्लले अहिलेको सरकार बहुमतको सरकार भएको भए पनि प्रदेश र स्थानिय तहको स्पष्ट खाका तयार नभएकोले विकास निर्माण तथा काम कर्तव्य र अधिकारको काम राम्रोसँग हुन नसकेको बताए । सांसद मल्लले जिल्लाको विकास गर्न कालिगण्डकी क्षेत्रमा ठुलो सम्भावना रहेको बताए । कालिगण्डकी जलबिद्यु्त आयोजना र सडकको पहुँच पुर्याउन सके स्याङजाले मुहार फेर्ने बताउदै गल्याङ नगरपालिकालाई धर्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लाने बताए ।

स्थानीय कला संस्कृतिको संरक्षण, व्यवसायी र उपभोक्ता बिचको सम्बन्ध, कृषी क्षेत्रमा प्रोत्साहान, पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धन गर्ने लक्ष्यको साथ महोत्सव सुरु गरिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले जानकारी दिए । महोत्सबले ४ करोडको कारोबार लक्ष्य राखिएको अध्यक्ष भट्टराईले बताए ।आज तेस्रो दिन सम्म आईपुग्दा सम्म महोत्सबमामा हेर्न आउने को घुईचोले स्थानियमा उत्शाह बढेको छ ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा हुने यो महोत्सवको व्यवस्थापन बिन्धवासीनी ईभेन्टले गेरेको छ । यस मेलामा ५० हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।महोत्सवमा एक सय वटा स्टल राखिएको छ । जसमध्ये कृषी स्टललाई बिशेष ग्राहयता दिइएको वाणिज्य संघका सचिव यज्ञ अर्यालले जानकारी दिए । अर्यालका अनुसार महोत्सवबाट आएको आम्दानीले वाणिज्य संघको भवन निर्माण गर्ने, अस्तब्यस्त गल्याङ बजारमा सिसि क्यामेरा जडान गर्ने तथा व्यवसायीक हक हितको लागि प्रयोग गरीने बताए ।

प्रतिक्रिया दिनुहोस