किम जोङ उन दक्षिण कोरिया पुगे कोरियाको ऐतिहासिक मिलन

0
25

उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।सन् १९५३ मा कोरियाली युद्धपछि जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक सुरु हुनुअघि नाकामा स्थानीय समानुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुबै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गराद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो । सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेकेको यो पहिलो अवसर हो ।

यो भेटमा दुबै नेता हर्षित मुद्रामा देखिएका थिए । राष्ट्रपति मुनले उत्तर कोरियाली नेतालाई स्वागत गरे । लगत्तै उनले हात समातेर मुनलाई उत्तर कोरियाली भूमिमा लगे । उन कारमा चढेर सीमासम्म पुगेका थिए । त्यहाँबाट आफ्नो प्रतिनिधिमण्डलसहित पैदल हिँडेर पीस हाउससम्म पुगे ।दुई नेताबीच पुनमुनजोममा बनेको पीस हाउसमा वार्ता हुनेछ, जुन दक्षिण कोरियामा पर्ने असैन्य क्षेत्रमा अवस्थित छ ।कोरियाली सरकारी टेलिभिजनले एक भिडियो जारी गरेको छ जसमा किम जोंग उन सैन्य सीमारेखा पार गरेपछि बच्चासँग देखिएका छन् ।दक्षिण कोरियामा लाखौं मानिसहरुले टेलिभिजनमा यो ऐतिहासिक क्षणलाई हेरे । उक्त भेटघाटको प्रत्यक्ष प्रसारण गरिएको छ । उक्त बैठकमा कोरियाली युद्धका कारण अलग भएका ६० हजार परिवारबारे पनि चर्चा हुने आशा गरिएको छ । साथै उत्तर कोरियामा राखिएका विदेशीको रिहाइएको चर्चा पनि हुनसक्ने बीबीसीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस