एसबीआई बैंकमा बैंकिंग सेवा प्रभावकारी हुन सकेन

0
158

 जनताको दैनिक आर्थिक कारोबार सहज र साधारण तरिकाले सन्चालन गर्न विभिन्न बैंकिंग तथा बित्तय सस्थाहरु बजारमा स्थापना भएपनि सोही अनुरूप सेवा प्रवाह हुन नसकेको सेवा ग्राहीको गुनासो छ । स्याङ्जाको वालिङमा आफुलाई क बर्ग को अब्बल बैंकको रुपमा परिचित गराउदै आएको नेपाल एस बि आई बैंक वालिङ शाखामा सेवा ग्राहीहरु घन्टौ लाईन बसेर पनि आफ्नो ब्यक्तिगत खाताको पैसा निकाल्न नपाएको गुनासो आएको छ । ‘हामी आफैले जम्मा गरेको पैसा चाहिएको समएमा निकाल्न नपाउने ?’यो कस्तो खाल को बैंकिंग सेवा हो ? एक खाता सन्चालकले भने ।
कर्मचारीको ढिलासुस्ती र लापर्बाहीका कारण यस बैंकको चेक समेत कुनै पाटीले लिन नखोज्ने र अन्य बैंक बाट चेक क्लियरिगं गर्नु पर्ने बाध्यता भएको सेवाग्राहीको गुनासो छ ।

भारतिय सेनाका परिबारले यस बैकको ए टि एम प्रयोग गर्ने हुदा दिनहु भिड लाग्ने गर्दछ। र त्यसमा पनी प्राविधिक कारण भन्दै सेवा अवरुद्ध भैरहने समस्याले एसबीआईमा कारोबार गर्नै नसकिने गुनासा सुनिन थालेका छन । उता बैकले भने कार्यालय सागुरो भएको र कर्मचारीको प्रयाप्तता नभएको कारण सेवा छीटो छरितो तरिकाले दिन नसकेको बताउदै निकट २/ ३ महिनामा एटिएम थप गर्ने र अफिस ब्यबस्थित गर्ने प्रक्रिया अगाडी बडीरहेको दाबी गर्दै सेवाग्राही लाई झुक्याईरहेको छ ।

बैकले अल्टाल गरेर झुलाउनुको मुख्य कारण भनेको नगदको अभाव हुनु हो । मोटो रक़मको चेक देख्नासाथ अनेक बहाना बनाएर फिर्ता गर्ने गर्दा स्याङ्जा, पर्वतको दक्षिण क्षेत्रका भुतपुर्ब भारतीय सेना र तिनका परिवार समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस