जेठ मसान्त सम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट

0
28

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ । जिल्ला प्रशासन कार्यालयले २ वैशाखमा सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो । जसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा प्रदर्शन गर्न पाइने थिएन । स्थानीय प्रशासनको निर्णयको डा. गोविन्द केसीले विरोध गरेका थिए ।

जिप्रका काठमाडौंले बिहीबार सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्वन्धी निर्णय असार १ बाट मात्र लागू हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस